हरेक दिन नयाँ नयाँ बहानासङ्ग
टायरहरू बल्ने गर्छन्
हरेक रात एउटै छटपटीसङ्ग
जल्ने गर्दछु म
छेउ भेट्टाउँदा सकीनसकी टुप्पो हराउँछ
गुजुल्टो भैसकेको पो छु कि
शायद गलती नै गलतीले गाँठो परेको म
हरेक दिन चर्को घाममा
मुठ्ठीहरू उचालिने गर्छन्
अनि सेकिने गर्छन् पुर्पुराहरू
हरेक रात शीतल जुनसङ्गै
डढ्ने गर्दछु म
अघि बढ्न खोज्दा पैंताला धर्मराउँछ
कुनै गन्तव्य नभएको बटुवा झैं
हिंडिरहेको पो छु कि शायद म
हरेक दिन टुक्राटुक्रामा फुटाइन्छु
हुर्याइन्छु यताबाट उता
अनि फेरि उताबाट यता
मैले फुटाएका टाउकोहरूसंग
आफै रून्छु, एक्लै दुख्छु
आन्दोलनको ईंट्टा जस्तो म
Kasto gaali garna sakya aafulai??
ReplyDeleteChitta nabujhdo kura!!!
हरेक दिन चर्को घाममा
ReplyDeleteमुठ्ठीहरू उचालिने गर्छन्
अनि सेकिने गर्छन् पुर्पुराहरू
हरेक रात शीतल जुनसङ्ग
डढ्ने गर्दछु म
छेउटुप्पो समात्न नसकेको गुजुल्टो वास्तवमा हाम्रै जिन्दगी हो र यो कविता ति नै जिन्दगीहरुको कविता बनेको छ । साँच्चै रमाएर दोहोर्याई तेहेर्याई पढें ।
हरेक दिन चर्को घाममा
ReplyDeleteमुठ्ठीहरू उचालिने गर्छन्
अनि सेकिने गर्छन् पुर्पुराहरू
हरेक रात शीतल जुनसङ्ग
डढ्ने गर्दछु म
स्थीरता त मृत्युको जुम्ल्याहा हो रे
शायद आफूलाई ज्यूँदो सावित गर्न
हरेक पल सास फेरेको,
लडीलडी पनि अघि बढेको
अभिनय गर्दछु म
दामी !
यती राम्रो कबिता - लेख लेखिरहनु भएको छ किन लडिलडी अघी बढेको छु भन्नु हुन्छ !
ReplyDeleteमलाई कविता धेरै मनपर्यो । वास्तवमै हाम्रो जिन्दगी यस्तै त रहेछ !!!!!!
ReplyDeleteसारै राम्रो, जति चोटी पढे पनि पढी मात्र रहु जस्तो । मन पर्यो मलाई त ।
ReplyDelete