मन खिन्न छ, एक किसिमको नरमाइलो लागिरहेको छ।
पशुपतिनाथको मन्दिरमा भैरहेको राजनीति, मारामार र खिचातानीले सोच्न वाध्य बनाएको छ, कतातिर जाँदैछ यो मुलूक?
के शक्तिकेन्द्रहरू मात्रै परिवर्तन भइरहने हुन् त यो देशमा? परिवर्तनको नाममा सत्ता परिवर्तन मात्रै हुने भयो त? स्वतन्त्रता भनेको आफुखुशी गर्ने छुटको रूपमा मात्र परिभाषित हुने भयो त अब? चाहे त्यसका लागि अरूको हक, हित, अधिकार, आस्था, मूल्य, मान्यता र बिश्वासलाई कुल्चन किन नपरोस्। शक्ति भनेको मूढेबल नै मात्र प्रमाणित हुने भयो त यो देशमा? बल हुनेका कुरा र कामसंग सहमति नजनाउने सर्वसाधारण, कर्मचारी, प्रहरी, सेना, वा पत्रकार कोही पनि के सुरक्षित हुन नपाउने हुन् त? कहिले कस्को कहिले कस्को स्तुतिगान गर्नु मात्र वाक स्वतन्त्रताको पर्यायवाची हुने भयो त?
म संधै भन्ने गर्दथें, म कहिले पनि यो देश छोडेर कहीं जान नसक्ने मान्छे हुँ। यो देशमा भोलि कोही एकजना मात्र बाँकी रह्यो भने त्यो मान्छे सम्भवत म हुनेछु। सम्पन्न विदेशी मुलुकमा गएर स्थापित भएर बस्न पाउने कम्तीमा तीनवटा मौकालाई मैले मेरो यही हठका कारण लत्याएको पनि छु। त्यति बेला मलाई पटक्कै पनि मैले गलती गरेको जस्तो लागेको थिएन। सक्रमणकालमा यो देश हुँदा पनि मलाई आशा लाग्दथ्यो, एकदिन सबै ठीक हुन्छ। म भन्थें,
खुसीका चम्किला रंगहरुले पोतिनेछन् भोलि
तेरा मनका भित्ताहरु पनि
उमंगका उष्ण उर्जाहरुले भरिनेछन् भोलि
तैंले देखेका सपनाहरु पनि
घामलाई त नउदाइ सुखै छैन
बिहानीलाई त नझुल्की सुखै छैन
आज रातभर कुर्न त कुर् तं
उज्यालो हुनेछ भोलि
तेरो मनको आकाश पनि
हरदिन नेपालीले नेपालीलाई मारेको समाचार सुन्दा, आधा समय अंध्यारोमा बिताउँदा, धारामा पानी नआउँदा, बजारमा सामान नपाउँदा, महँगीले आकाश छुँदा जहिले पनि म यस्ता हरफहरू कोरेर आफ्नो मनलाई सम्झाउने गर्थें,
युग भन्दा लामो पलहरुलाई काटेर त हेर् तं
तैंले नै बिताउनेछस् भोलि पल भन्दा छोटा युगहरु
तर आजकल कताकता मलाई लाग्न थालेको छ, म अति आशावादको रोग पालेर त बसेको हैन? मैले आफ्नो त आधाउधि उमेर बिताइसके, तर भर्खर जीवन सुरू भएका मेरा छोरीहरूको भविष्यलाई पनि मेरो आफ्नै नियति थोपरेको त हैन? मेरा थुप्रै साथीभाइ र परिचितहरू झैं पलायन भएर कतै अन्य मुलुकमा बसेर कुनै अनलाइन वेबसाइटमा यो देशको खवर पढेर चुकचुकाएर मात्र बसेको भए कतै म बढी आत्मसन्तुष्ट पो हुन्थें कि?
मलाई यो सोचसम्म पुर्याउन जिम्मेवार मानिसहरूले सोच्ने बेला कहिले आउला?
Monday, January 5, 2009
आफैसंग एउटा प्रश्न
Subscribe to:
Post Comments (Atom)
चरेस खानु तर हरेस नखानु भन्ने उक्तिलाइ सम्झनु नै अहिलेको उत्तम विकल्प हुन हो । हो अति भइसक्यो । अति नै । हरेक विषयमा क्रमभंगताको नारामा अराजकता भित्र्याएर कुनै शक्ति राष्ट्र विखन्डनको बाटोमा हिडाउन ब्यस्त छ । नयां नेपाल भन्दा भन्दै न नयां रहने न नेपाल रहने अवस्था आइसकेको छ । तर यसैमा उनीहरु मग्न छन । उनीहरुलाई लागिरहेछ मैले नालो काम गरे । तर त्यो नौलो विष हो कि अमृत मतलव छैन त्यो पक्षलाई । बिड तातेर केही हुन्न । तात्नुपर्ने ताप्केनै हो । हामी विड पर् यौं । त्यसैले बालो बादलमा चांदीको सुनौलो घेरा पनि त हुन्छ नी भन्दै साच्चिकै परिर्वतन र स्थिरताको आशा गर्नुबाहेक अन्य के नै विकल्प छ र हाम्रा अगाडि ?
ReplyDeleteयथार्त लेख्नु भो ब्र जेश जि । तपाईंको पिर लाई महशुस गरिरहेकी छु । हामी सबै नेपालीको मनको पिर हो यो । चाहे स्बदेश मा बसिरहनु भएका नेपाली हरु हुन या बिदेश मा ।
ReplyDeleteएक दिन ( निकट भबिस्य मै ) नेपाल जाउला - नेपाली माटोमा दु:ख सुख गर्दै रमाएर बसौला - नेपाली माटोमै मरौला भन्ने सो चे को खै !मुलुक को यो परिस्थिती देख्दा मन मरिरहेको छ । हामी मान्छे हो , जानी जानी भड्खालो मा जाकिन कोही पनि चाहदैन ।चाहे यो मानब को स्बार्थी गुण नै किन नहोस् -यो स्बभाबिक हो ।
हाम्रा शासक - हाम्रा राजिनितिज्ञ नेताहरु को नेत्रित्बको फल हामी सरबसाधारण जनता ले भोग्नु पारीरहेको छ - मुलुक ले भोगिरहेछ ।
आधी हुरी को अ शा न्त म य छेण झै मुलुक अ शा न्त बा ताबरण को भुमरिमा गुज्रेको छ । आशा गरौ छिट्टै आधी हुरी रोकियोस !
Dear Brajesh,
ReplyDeleteCould you please change backgroud of your blog. It is difficult to read your articles and others because of falling down blinks in background.
Cheers,
Barun
ब्रसेज जी नमस्कार
ReplyDeleteम तपाईंको लेख सँग स सहमत हुँदै केही कुरा लेख्दै छु ।
भएको एस्तो हो?
नेपालको सिता भुमि,बुद्द भुमि,सगरमाथा भुमि,मुक्ती भुमी अझ भन्नुप्रदा बिश्वको १ मात्र हिन्दू राष्ट्र र राजा प्रती आँखा गाडेको भा रतले नेपाल लाई हात पार्न धेरै बर्ष देखि कोशी स गरे पनि राजा कारण नाशके पछि राजा लाई कमजोर बनायो,सेना पनि कम्जोर बनायो,अब मन्दिर मा पनि हस्तछेप गरेर धार्मिक लडाईं गराउदै छ । कारणसिङ लाई आफ्नो अन्डरमा बसेर राजा हुने प्रस्ताब नाआएको भने होइन तर राजाले भा रत सँग झुक्नु भन्दा सर्लक्क छोडनु बेश भनेर छोडे ।
के गर्ने अब तराई कास्मिर भैहाल्यो । दलको १२ बुदे दिल्ली सम्झौता को परिनाम एही हो ।अब नेपाली जनता भनेर चित्त त मैले दु खा उदिन राजालाई चोर भन्ने हरु प्रचन्ड लाई देउत देख्छन ।
मेरा भा रत महान (मुटु माथि ढुङ्गा राख्दै)
ब्राजेश जी आशा नमार्नुस्
ReplyDeleteएक दिन यो कालो बादल पक्कै हट्नेछ,
सुनौलो बिहानि पक्कै आउनेछ ।।।।।
खुसीका चम्किला रंगहरुले पोतिनेछन् भोलि
ReplyDeleteतेरा मनका भित्ताहरु पनि
उमंगका उष्ण उर्जाहरुले भरिनेछन् भोलि
तैंले देखेका सपनाहरु पनि
घामलाई त नउदाइ सुखै छैन
बिहानीलाई त नझुल्की सुखै छैन
आज रातभर कुर्न त कुर् तं
उज्यालो हुनेछ भोलि
तेरो मनको आकाश पनि
.......
एक चिम्टी भावना एक तुर्को आँशुको साथ ......really heart touching and DAMN good poem .....
मेरै लागि लेखेको हो कि भान हुने यस्तो कबिता बिरलै फेरि पढ्न पाईएला ।।।।