सन्जीवनी तिम्रो स्पर्श
म फेरि बाँचे कि क्या हो
ए, हेर त कतै
फेरि सास त फेर्न थालिनं म
छामेर भन मलाई
चल्न पो थाले कि कतै
मरेका मनभित्र
चाहनाका तरङ्गहरू
ए, सुन त कतै
गाउन पो थाले कि कतै
भावहीन उच्छवासहरू
सुर समातेर
आशाका गीतहरू
ए, नजीक आऊ न
कान थापेर छातिमा
सुनेर बताऊ मलाई
स्पन्दनहरूले मुटुका
साँच्चै पक्डेका हुन् कि गति
ए, भन न मेरो कानमा
होइनन् यी मेरा भ्रमका
बाक्ला कुहिराहरू
Sunday, January 18, 2009
सन्जीवनी तिम्रो स्पर्श
Subscribe to:
Post Comments (Atom)
Loved it.. Well written, nicely expressed.
ReplyDeleteसञ्जिवनीको स्पर्श
ReplyDeleteतरङित भाबना
मुटुभरी मायाको रक्त संचार
यस्तो हुँदा
अ मूक फूल ले पनि जिस्काइ दिन्छ
मुसुक्क मुस्कुराउदै
सररर हल्लिएका पात हरु
आपस मा कानेकुसी गर्दै
तिम्रो गीत सुन्दै छन
सुसेल्न नछोड
गुन गुनाउन नछोड
भाबना
तरङ्ग मा लहरिदै
स्पन्द महशुस गर्दो रहेछ --
भ्रमित खुशी किन नहोस्
आखिर खुशी त खुशी नै हो
बाक्ला कुहिराहरु
खुशीलाई साथ दिन
बारीपरी सजिएका छन
कती सुन्दर
यो पर्दा
न उघार्नु नै बेश ---
~~~~
ब्रजेश दाइ ,
ReplyDeleteकविता राम्रो छँदै छ मलाई त सुरुमै सन्जीवनी भनेकै राम्रो लाग्यो ।
Recently I have been reading your blog. I feel the smoothness and simplicity in your thought provoking writing style. And, of course, they are pleasent to read.
ReplyDeleteWish u all the best!
I didnt know you are the same Brazesh Khanal I used to watched on TVs and the one who was at the studio at tripureswar for my audition.
ReplyDeleteI really loved your writings in the blog.
Nice to see you on the blog.