बायाँ फन्को ५०
हुन त आजकल मानिसहरुको बीच विवाद, झैझगडा, भनाभन र कुटाकुट भैरहेको देख्नु भनेको खासै कुनै ठूलो कुरो त होइन । साधारण भन्दा साधारण कुराहरुमा पनि एकआर्कामाथि जाइलाग्ने र सक्नेले आफूभन्दा निर्धोलाई ठटाउने भनेको दालभात खाए जस्तै साधारण भैसकेको छ । केही दिन अघि वीर नेपालीका यस्तै एउटा पौरुषताको प्रत्यक्षदर्शी हुन पाइयो । तर यसपटक कुरा त्यति साधारण चाहिँ थिएन । अगाडि गइरहेको एउटा चारपांग्रे सवारी साधन चालकले झ्यालबाट बाहिर थुकिदिएछन् । त्यो थुकका छिटाहरु पछाडि मोटरसाइकलमा आइरहेका एकजना उच्च रक्तचाप भएका मोटरसाइकल चालकको अनुहारमा बर्सिएछ । अनि त के चाहियो र, मोटरसाइकलवालाले कारवालालाई लखेटेर तिनको गालामा एक बाघझापु लगाइदिएछन् । कारवालाको अहंलाई यो कुरा स्वीकार्य हुने कुरै आएन । तीस लाखको सवारी साधनमा हिंड्नेलाई डेढ लाखको मोटरसाइकल चढ्नेले हात हाल्ने ? दुबैको बीचमा मल्लयुद्ध चल्न थालिहाल्यो ।
यस्ता किसिमका घटनाहरु दिनहुँ नै भै रहेका हुन्छन् । एउटा उदेक लाग्दो कुरा के हो भने, हामी किन यति धेरै थुक्छौं ? बाटोमा हिंड्दा, सवारी साधनमा यात्रा गर्दा, कसैसंग कुराकानी गरिरहँदा हरेक बेला हरेक ठाउँमा पिच्चपिच थुक्ने हाम्रो बानी नै भैसकेको जस्तो लाग्छ । बाटोमा कुनै दिन हेक्का गर्नुस् त, जताततै कोही न कोही थुकिरहेका देखिन्छन् । यदि कोही कसैलाई कुरिरहेको छ भने त समय कटाउने सबै भन्दा राम्रो उपाय यही नै हो भने जस्तो गरि थुकिरहेका हुन्छन् मानिसहरु । काम केही नभएर झर्को लाग्यो भनेर पनि छिनछिनमा थुकि नै रहेका हुन्छन् मान्छेहरु ।
शरीर विज्ञानका अनुसार खाना पचाउने प्रारम्भिक प्रकृयामा प्रयोग गर्नका लागि मान्छेमा थुकको उत्पादन हुन्छ । दाँतका अन्तरकुन्तरमा अड्केका खानाका कणहरुलाई पखालेर लैजानका लागि पनि थुक उत्पादन हुन्छ जसले गर्दा व्याक्टेरियाहरु पैदा भएर संक्रमण गर्न पाउँदैनन् । त्यस बाहेक थुकले दाँत, जिब्रो, गिजा र मुख भित्रका सानासाना मांशपेशीहरुलाई आवश्यक पर्ने आद्र्रता पनि प्रदान गर्छ । खानाको सही स्वाद जिब्रोलाई चखाउनका लागि पनि यसले आवश्यक भूमिका निर्वाह गर्छ । मानिस र अन्य सबैजसो स्तनधारी जीवहरुमा थुक उत्पादन हुन्छ । साधारणतया एउटा मान्छेको मुखबाट दैनिक रुपमा पौने देखि डेढ लिटर थुक बन्ने गर्छ । शरीरका लागि माथि उल्लेखित उपयोगिताका लागि प्रकृतिले यो प्रकृया बनाइदिएको हो । यसको महत्व के हो भन्ने कुरा चाहिँ मानिसलाई मात्र थाहा छ किनभने मानिस मात्र विवेकशील प्राणी हो तर पनि मानिसले नै यसलाई जताततै पिच्चपिच्च थुकेर खेर फाल्छ । विवकहीन अरु प्राणीले हामीले जस्तै कहिले कतै थुकेको देख्नुभएको छ ? आफ्नो शरीरमा यसले गर्ने फाइदाबाट आफू वञ्चित हुने, वरिपरिका वातावरणलाई फोहोर बनाउने, बेलाबेला अरुमाथि परेर झैझगडा पनि हुने काममा यसको दुरुपयोग हामी किन गर्छौं ? नजानिंदो गरि थुक्ने हाम्रो बानी भैसकेको छ । यसलाई हामीले नियन्त्रण गर्नु जरुरी छ जस्तो लाग्दैन ?
यति धेरै गुणहरु भएको यो रासायनिक उत्पादनलाई हामीले अवमूयाङ्कन गर्ने गरेका छौं । थुक र थुक्नुलाई नकारात्मक प्रतीकका रुपमा विकसित गरेका छौं । कसैलाई हेप्नु, होच्याउनु वा हकार्नु पर्दा हामी थुक्कः भन्छौं । कसै प्रति असीम घृणा प्रकट गर्नु पर्दा हामी त्यस प्रति लक्षित गरेर थुक्छौं । कसैको मूर्खतालाई धिक्कार्नुपर्दा पनि हामी यही गुणकारी तत्वको नाम उच्चारण गर्छौं । आफूले गरेका गलतीका प्रायश्चित गर्न पर्दा पनि हामी यही थुकलाई प्रयेग गर्छौं । शरीर भित्र रहेर हाम्रो फाइदाका लागि काम गर्ने यो कुरालाई हामी बाहिर पु¥याएर नाश गर्छौं । अरु धेरै कुराहरुमा जस्तै यसमा पनि हामी गलत बानी र गलत सोचका सिकार भएका हुन्छौं । त्यसैले अर्को पटक बाटोमा थुक्नु अघि यी सबै कुराहरुलाई मनन गर्न सक्यौं भने त्यसको फाइदा नै फाइदा मात्रै हुन्छ हामीलाई ।
होइन, यो कुरालाई नमान्ने हो र यसै गरि थुक्नै पर्ने हो भने पनि थुकलाई त्यसै खेर नफालौं । असन्तुष्टि, आक्रोश, विरोध र धिक्कारका लागि नै यसलाई प्रयोग गर्ने हो भने कहाँ र कहिले भनेर निर्धारण गरौं । बाटोमा, सार्वजनिक स्थानहरुमा फोहोर नगरि त्यसलाई साँचेर राखौं । जनताका आकांक्षा र अपेक्षालाई पाखा तिर लफण्ड्याएर आफ्नै स्वार्थका लागि सिंगै देशलाई भड्खालोमा हाल्ने लाजशरम नभएका नेताजन्य पदार्थहरुलाई देखेको बेला मात्रै यसको प्रयोग गरौं । संविधान बनाउने नाममा हामीले तिरेका करहरुको भत्ता भन्दै हाम्रो रगत पसीना चुस्ने परजीविहरु जम्मा हुने संविधान सभा भवन अगाडिबाट हिंड्ने बेला त्यसको सदुपयोग गरौं । भ्रष्टाचार, कमिसन र घूसखोरीको नाङ्गो नाच देखाएर पनि एक रत्ति आत्मग्लानि नहुने निर्लज्जहरुलाई देखेको बेला यसलाई पिच्च पारौं । सानालाई ऐन र ठूलालाई चैन भन्ने उखानलाई चरितार्थ गर्दै पहुँचवालाहरुलाई कारवाही गर्न नसक्ने प्रशासनको लागि यसको उपहार चढाऔं । जनताका अत्यावश्यक कामलाई ठप्प पार्ने गरि ट्राफिक रोकेर झण्डा फर्फराउँदै के के न बित्ला जस्तो गरि गुडिरहेका सरकारी गाडीहरुलाई देख्दा यसलाई बाहिर निकालौं । अनि सबैभन्दा त बिच्छी हुन्, ठुंग्छन् भन्ने थाहा हुँदाहुँदै पनि ती बिच्छीहरुलाई घरिघरि पानीबाट निकालिरहने हाम्रो आफ्नै उदार आनीबानीको लागि पनि यसको सदुपयोग गरौं ।

0 प्रतिक्रिया दिनुहोस्:
Post a Comment