बायाँ फन्को ९९
संचार र प्रविधिका कारण सिंगो विश्व खुम्चिएर एउटा सानो टोल जस्तो भएको छ । त्यसैले हामी पहिलेका पुस्ता भन्दा बढी जान्नेसुन्ने भएका छौं । हाम्रो जीवनको यावत् पक्षहरुमा हामी निकै चलाख भएका छौं । ग्लोवल सिसटजन भएका छौं हामी र त्यसले गर्दा बेलाबेला हामी संसारका अरु स्थानमा हुने कुराहरुबाट प्रभावित भएर त्यसलाई यहाँ पनि निरन्तरता दिने गर्छौं । यो स्वागतयोग्य कुुरा हो तर नक्कल गर्दा अक्कल पनि पु¥याउनुपर्छ भन्ने बिस्र्यों भने चाहिँ ड्याङ्ग खाने सम्भावना त आफ्नै ठाउँमा छँदैछ ।
मार्च महीना आउने बेला हुँदैछ । मार्चमा पछिल्लो केही वर्ष देखि हामीले एउटा अनौठो आह्वान सुन्ने गरेका छौं । बत्ती निभाउने । सन् २००७ मा सिड्नीका २२ लाख घर तथा व्यापारिक प्रतिष्ठानहरुले एक घण्टा बत्ती निभाएर शुरु गरेको र अर्थ आवर नाम दिइएको यो अभियानमा २००८ मा ५ करोड बत्ती निभे रे । त्यस पछि अमेरिकाका बिभिन्न शहर पनि यसमा सहभागी भएका रहेछन् । वर्षैपिच्छे निरन्तरता पाएको यो अभियान अन्तर्गत २०१२ मा आइपुग्दा एक दिन एक घण्टा बत्ती निभाउनेहरुको संख्या १ अरब नाघेको थियो भनिन्छ । २०१३ को मार्च २३ मा पनि बेलुका ८ः३० देखि ९ः३० सम्म अर्थ आवरका नाममा बत्ती निभाउने कार्यक्रम तय भैसकेको छ । यसै क्रममा विगतका केही वर्ष जस्तै केही महापुरुषहरुले नेपालीहरुलाई पनि यो ऐक्यबद्धताको संजालमा उन्नका लागि पहल गर्ने नै छन् । आफूलाई सम्भवतः ग्लोबल सिटिजनको दर्जामा राख्ने मानसिकताको यो उपज हाम्रो परिवेशमा चाहिँ कति सान्दर्भिक आह्वान हो भन्ने कुरा हामीले सोच्नु आवश्यक छ ।
राम्रै कामका लागि कहिलेकहीं जनजागरण फैलाउन उटुग्याँहा कामहरु गर्नुपर्छ, त्यसमा कुनै शंका छैन । बढी भन्दा बढी मानिसहरु सार्थक उद्देश्यका लागि जागरुक हुन् र एकजूट बनून् भनेर ध्यान तान्ने किसिमका सामूहिक कार्यहरु संसारमा बेलाबेलामा नहुने होइनन् । तर सबै समाज, संस्कार, परिवेश र परिस्थितिमा सबै तरिका कार्यान्वयन गर्न सकिन्न र गर्नु पनि हुँदैन । पश्चिमा मुलुकहरुमा कहिलेकहीं यस्ता कार्यका लागि सयौं हजारौंको संख्यामा युवायुवतीहरु नग्न भएर पनि प्रदर्शन गर्ने गर्दछन् । वेलायतमा जनावर अधिकारका लागि एक जना शाकाहारी कलाकारले बकुल्ला चराको मासु खाएर पनि त्यस्तो जनसमर्तन जुटाउन खोजेका थिए । सिलमाछाको शिकार बन्द गर्नका लागि भनेर स्पेनको मेड्रिडमा सयभन्दा बढी मान्छेहरुले नग्न प्रदर्शन गरेका थिए । बूूढा बूढी, तरुना तरुनी सबै त्यसमा सहभागी भएका थिए । क्यालिफोर्नियामा रंंगशालाको निर्माण गर्नका लागि थुप्रै रुखहरु काटिन लागेको बेला पनि व्यावसायिक फोटोग्राफर र मोडलहरु मिलेर नग्न प्रदर्शन गरेका थिए । त्यसो भन्दैमा के हामीले पनि बसन्तपुर अथवा टुंडिखेलमा चाहे जतिसुकै राम्रो कारणका लागि किन नहोस्, तर नग्नप्रदर्शनका लागि आह्वान गर्न मिल्छ ?
ग्लोवल वार्मिंगको हामीले विरोध गर्नुहुँदैन भनेर त कुनै मूर्खले भन्दैन तर त्यसको लागि विश्वले मनाउने अर्थ आवर हामीले पनि मनाउनुपर्छ भन्ने कुरा चाहिँ साह्रै हास्यास्पद अक्कल नपुगेको नक्कल बाहेक अरु केही होइन । किनभने हामी त यसै पनि वर्षै भरि झनै चर्को अर्थ आवर मनाइरहेका मान्छे हौं । दिनको अधिकांश घण्टा बत्ती निभेर हाम्रो जनजीवन अस्तव्यस्त भैसकेको छ । हामी कुन दिन कुन बेला चाहिँ बीचमा तीन घण्टा बत्ती आउँछ र त्यो बेला कसरी अत्यावश्यक कामहरु सकाउने भनेर बसेका हुन्छौं । यस्तो बेलामा कुनै संस्थाले आफ्नो सामाजिक चेतना र जागरुकता स्थापित गर्नका लागि उज्यालोको अभावमा पिल्सिरहेका नेपालीहरुलार्ई बत्ती निभाउन र अरु अँध्यारोमा जाक्न अनुरोध गर्छ । त्यस्तो अनुरोधको पछि अरु केही मानिसहरु लाग्छन् ।
माफ गर्नुस् महाशयहरु, यहाँहरुलाई शायद लोडशेडिंगले फरक परेको छैन होला । किनभने जेनेरेटर, इन्भर्टर वा अन्य कुनै वैकल्पिक स्रोत जुटाएर यहाँहरु झलमल्लमै बाँच्नुभएको छ होला । तपाईंहरुलाई न त इन्धनको अभावले फरक पर्छ, न त महँगीले केही असर गर्छ, त्यो थाहा भएकै कुरा हो । तर साधारण जनताका बारेमा पनि यहाँहरुले एकपटक सोच्नुभएको छ ? यसै पनि देशका अधिकांश स्थानहरुमा त्यो दिन र समयमा आफै अर्थ आवर मनाइदिएको हुन्छ हाम्रो विद्युत प्राधिकरणले । कतैकतै त्यो बेला बत्ती आउने तालिका रहेछ भने बिचराहरुका लागि लामो प्रतीक्ष पछि आएको क्षण हुन्छ त्यो । त्यही तीन घण्टा आउने बत्तीमा पनि एक घण्टा निभाउन अनुरोध गर्नु भनेको कति मूर्खतापूणै कुरा हो ?
सबैथोकले पुगिसरि आएका मान्छेहरुले सनकाहा कामहरु गर्न सक्छन्, गर्ने पनि गर्छन् जसलाई अँग्रेजीमा इडियोसिंक्र्यासी भनिन्छ तर हामी जस्ता आम जनता त्यस्तो इडियोसिंक्र्यासी चाहेर पनि गर्न सक्दैनौं । त्यसैले चाहे जेसुकैका लागि होस्, बाँकी विश्वले जसुकै गरोस्, हाम्रो देशमा भने अहिलेको अवस्थामा बत्ती निभाउने आह्वान आम नागरिकप्रति असम्वेदनशील आह्वान हो । बाघले सिकार गर्ने बेला पहिले आँखा रातो बनाउँदो रहेछ भन्ने सिकेर कुनै एउटा गधाले पनि आफ्नो आँखा त्यस्तै पारेर अर्ना भैंसीलाइृ हमला गर्दा उसको के गति भएको थियो भन्ने कथा जस्तै हो हाम्रो लागि अर्थ आवर ।
सारा संसारलाई पिरोलेको यो समस्या प्रति हामी पनि सम्वेदनशील हुनुपर्छ, ऐक्यवद्धता जनाउनुपर्छ तर त्यसको लागि हामीले अरु उपाय अपनाउन सक्छौं । जनतालाई बत्ती निभाउन होइन, विद्युत प्राधिकरणलाई त्यो दिन कतै बत्ती ननिभाएर ऐक्यवद्धता देखाउन अनुरोध किन नगर्ने ? अनि बरु सोचौंला एक घण्टा निभाउने कुरा । त्यसै निभिरहेको बत्तीलाई के निभाउनू ? त्यो हुन सकेन भने बरु सबैले मैनबत्ती बालेर उज्यालो गर्ने अनुरोध किन नगर्ने ? विकसित मुलुकका मानिसहरुलाई त एक घण्टा बत्ती निभाउने भनेको रमाइलो खेल जस्तो अनुभव पनि हो । तर हाम्रो लागि भने त्यो थप एक घण्टाको पीडा हो । अर्काले हात्ती चढेको देखेर आफूसंग हात्ती भए पनि नभए पनि धुरी चढ्नाले के फाइदा हुन्छ कुन्नि ।
अरुले गरेकै प्रथालाई अन्धो भएर पच्छ्याउनुको साटो अरुले पच्छ्याउने कुनै प्रथा किन हामी शुरु गर्दैनौं ?

0 प्रतिक्रिया दिनुहोस्:
Post a Comment