स्निग्धताको
मधुरो आभाष पनि
कति न्यानो, कति प्रेममय
तप्त अभिशप्त
रापले डढेको पहाडलाई
चीसो हावाले सरक्क
छोएर गए जस्तो
अपूर्णताको लामो एक्लोपना
र त्यसको अत्यासलाग्दो पीडापछि
प्राप्ति, पूर्णताको
एउटा सानो अंश पनि
कति अपार, कति सम्पूर्ण
लामो सुख्खा खडेरीपछि
वर्षाको पहिलो छिटा खस्दा
सन्तापले जर्जर भइ
चिराचिरा परेको भुइंमा
उठेको वाफ जस्तो
मधूरो सुगन्ध पनि
कति सुमधु्र, प्राणदायी
एउटा अठोट, एउटा संकल्प
आफैसंग एउटा वाचा
अडिग, अटल, चीरस्थायी
Tuesday, December 2, 2008
वर्षाको एउटा छिटा
Subscribe to:
Post Comments (Atom)
कबिता सुन्दर छ , भाब झन सुन्दर !
ReplyDeleteसुन्दर मा त्र भनेर यो मनले मानेन -- शब्द पनि छचल्कियो यसरी ----
~~^^~~^^~~^^~~
घोलेर सुन्दर रङ्ग
फागु पूर्णे को अ ध र मा
फूलेको फूल जस्तो
सुन्दर सुन्दर
ति शब्द - भाब - मन
~~
एउटा पहाड उचालेर
प्रतिक्षा रत
प्रेमी युबक झै
बलबान
ति शब्दका मर्म झन
~~
उशा को लालिमा
टल्केको शितको थोपा जस्तो
कोमल सुन्दर निर्मल
निश्छल
त्यो अन्तस्करण ।
~~~~~~~~~
सुन्दर कविता , मन पर्यो ।
ReplyDeletewonderful composition. too soft and delicate..I like
ReplyDeleteLovely!!! As Always!!!
ReplyDeleteराम्रो छ ।
ReplyDelete