Translate

Sunday, January 3, 2010

जिजिविषा

आइमाई मान्छेहरूले उमेर घटाउँछन् रे भन्ने सानैदेखि सुनेको हो । त्यसैले होला, कुनै पनि स्वास्नीमान्छेलाई उसको उमेर नसोध्नू भन्ने विश्वव्यापी मान्यता छ । हुन पनि एक-दुई अपवादलाई छोड्ने हो भने उनीहरू सकेसम्म आफ्नो वास्तविक उमेर बताउन चाहँदैनन् । उनीहरूलाई सबैभन्दा गाह्रो नै कुनै सरकारी कामकाजका बेलामा नागरकिता वा राहदानी देखाउनुपरेका बेला हुन्छ । डाक्टरको क्लिनिकमा नाम लेखाउँदा पनि उमेर भन्ने बेला चारैतिर पल्याकपुलुक हेरेर सक्नेजति सानो स्वरमा जवाफ दिन्छन् उनीहरू । एकअर्कासँग कुरा गर्दा आफूलाई कम उमेरको देखाउन प्रत्यक्ष र अप्रत्यक्ष सबै तरकिाहरू अपनाइरहेका हुन्छन् । यी त भए सर्वमान्य केही तथ्यहरू । तर, उमेर घटाउने कुरामा स्वास्नीमान्छेहरूको काँधमा राखेर बन्दुक चलाउने मात्र हो, लोग्नेमान्छेहरू पनि आफूलाई तरुनो र तन्नेरी देखाउने मामिलामा कम  हुँदैनन् ।

एक जना चिरपरििचत अभिनेता छन्, जसले आफूलाई कहिल्यै पनि ४० वर्ष काट्न दिएका छैनन् । अर्की एक अभिनेत्रीका बारेमा त भनिन्छ, २८ पछि हरेक वर्ष उनको उमेरले ढिकिच्याउँ खेल्छ रे ! अर्थात्, २८ पछि अर्को वर्ष त उनी २७ हुन्छिन् रे, त्यसको अर्को वर्ष फेर ि२८ अनि अर्को वर्ष पुनः २७ । १७ वर्षमुनिका खेलाडीहरूको प्रतियोगितामा भाग लिनेहरूको उमेर परीक्षा गर्दा थुप्रै जना त्यसभन्दा माथिका पाइए र कारबाहीमा परेको घटना केही समयअघि सार्वजनिक पनि भएको थियो । छिटो अवकाश पाइएला र खोजेको तहसम्म पुग्न नपाइएला भनेर पनि जागिरेहरूले उमेर कम गर्छन् । त्यस्ता महत्त्वाकांक्षी जागिरे, खेलाडी, अभिनेता र चमकदमकको पेसामा लागेकाहरूका लागि त लौ यो मानसिकता भयो रे ! तर, त्यस्ता कुनै बाध्यता नभएका मान्छेहरू पनि यस कुरामा कोहीभन्दा कम हुँदैनन् । मानिसहरूले नागरकिता नै पनि दुईथरी बनाउन भ्याएका हुन्छन् । एक जना परििचतका उनीभन्दा पाँच वर्ष जेठा दाइले दुई वर्ष कान्छो जन्ममिति राखेर दोस्रो नागरकिता बनाएको घटना यहाँनिर स्मरणयोग्य छ । उमेर घटाउने, तन्नेरी हुने र आफूभन्दा अरूलाई पाको बनाउने रहर अक्सर सबै मानिसमा हुने गर्छ । यस्ता मान्छेहरू, जोसुकैलाई पनि 'दाइ' अथवा 'अंकल' भनेर सम्बोधन गर्छन् । तर, उमेर बढ्नु भनेको त्यससँगै अनुभव बढ्नु हो, पाको हुनु हो, ज्ञान बढ्नु हो भन्ने कुरालाई मनन गर्न सक्ने हो भने मान्छेलाई उमेर घटाउने होइन, सायद बढाउने आवश्यकताको अनुभूति हुन्छ होला ।  

सायद मान्छेको जीजिविषा नै यस किसिमका मानसिकताका पछाडिको कारक हुनुपर्छ । यो सृष्टिको हरेक वस्तुजस्तै मान्छेको पनि उमेर, विकासक्रम र अन्त्य अवश्यम्भावी कुरो हो भन्ने बुझ्दाबुझ्दै पनि हरेक मान्छे भ्रममा बाँच्न रुचाउँछ । आफूलाई राम्रो हुन्जेल मान्छेले अरूलाई परेको दुःख वा अरूको अभावबाट सिक्दैन । कुनै आफन्त वा मित्रको अप्रत्यासित निधन भएका बेला मलामी गएर र्फकंदा अक्सर सबै मानिस सोच्न बाध्य हुन्छ । हामी सबै पनि कुनै दिन यसैगरी यही बाटो लाग्ने हो भन्ने अनुभूतिले हामीलाई बिथोल्छ । त्यस्तो बेला हामी स्वीकार्छौं, यो तेरो-मेरो भन्ने प्रतिस्पर्धा, यो उपलब्धिको होडबाजी सबै बेकारको कुरा हो । रसिराग र वैमनष्यताका लागि जिन्दगी निकै छोटो छ । मुस्िकलले दुई दिन यो सोच हामीमा रहन्छ । तेस्रो दिनदेखि जिन्दगीको भागदौडमा हामी फेर िमिसिन्छौँ ।  

मान्छे आफूलाई अजम्मरी हुँ भन्ने सोच्न चाहन्छ, संसारको सबैभन्दा ठूलो र एउटै मात्र सत्यका बारेमा सोच्न चाहँदैन । त्यसैकारण ऊ आफ्ना सबै कुरालाई दिगो ठान्छ । यही मानसिकताका कारण शारीरकि होस् वा मानसिक, बौद्धिक, राजनीतिक वा आर्थिक कुनै पनि शक्तिको उन्माद मानिसमा चढ्छ । यी सबै उपलब्धिको पनि एउटा निश्चित उमेर हुन्छ भन्ने कुरा मान्छे बिर्सन्छ । सम्झना रहे पनि त्यसलाई स्वीकार्ने होइन, टार्ने प्रयासमा ऊ लागिपर्छ । कृष्णको हातबाट आफ्नो मृत्यु हुन्छ भन्ने थाहा भएपछि देवकीका हरेक सन्तानको घाँटी निमोठ्ने कंश बनेर मानिस आफ्ना सम्भावित विरोधीहरू, आफ्नो असम्भव स्थायित्वमा तगारा बन्न सक्ने कारकहरूलाई पन्छाउन खोज्छ । त्यस कारण नै मान्छेले अरूलाई दुःखी बनाउँछ । श्ाासक, तानाशाहहरू आफूविरुद्ध उठ्ने आवाजहरूलाई दबाउन खोज्दाखोज्दै अन्ततः आफैँ नाश भएका घटनाहरूको इतिहास साक्षी छ । तर पनि शक्तिको स्वाद चाखेको मानिसमा त्यसको लत लाग्छ । यो लत रक्तबीज भन्ने राक्षसजस्तै हुन्छ । त्यसैले, बेलाबेला एउटा तानाशाहको अन्त्यसँगसँगै अरू तानाशाहहरू जन्मने पनि गर्छन् । यिनीहरूमा लागेको त्यो लत कुनै पनि लागूपदार्थको भन्दा कडा हुन्छ । घरका सामान बेच्नेदेखि लुटपाटसम्म गर्न प्रेरति गर्ने त्यस्ता लत लागेजस्तै यी राजनीतिक दुव्र्यसनीहरू पनि आफूलाई टिकाउनका लागि नैतिकता र स्वाभिमान बेच्न पनि पछि पर्दैनन्, नरसंहार मच्चाउन पनि पछि पर्दैनन् ।

तर, उनीहरूले पनि बुझ्नुपर्छ, कुनै पनि कुरा चिरस्थायी छैन । यो विशाल सृष्टिको युगौँदेखि चलिआएको अनन्त प्रक्रियाको हामी सबै एउटा क्षीणभन्दा पनि क्षीण भाग मात्र हौँ । हामी र हाम्रा कुनै पनि कुराहरू अजर छैनन् । दिगो, चिरस्थायी र अमर रहन केही सक्छन् भने ती हाम्रा विचार र कर्म मात्र हुन्, भौतिक होइन । सुविचार र सत्कर्म गरेकाहरूलाई पुस्तौँपुस्ताले सम्झेर श्रद्धा गर्छ, कुविचार र दुष्कर्म गर्नेहरूलाई सराप्छ । समयले अरू हरेक चीजलाई भुलाउँछ तर आफ्ना लागि मात्र नभएर अरूका लागि बाँचेकाहरू भने सम्झना र इतिहासमा अमर हुन्छन् । त्यसैले अमर र अजर हुन चाहनेहरूले सोच्नुपर्ने कुरा यति मात्र हो, भोलिको समयले हामीलाई कसरी सम्झोस्, श्रद्धाले वा श्रापले ।

0 प्रतिक्रिया दिनुहोस्:

Post a Comment