Translate

Tuesday, June 18, 2019

सुयोगवीरबाट सिरियल किलर

माघ १०, २०७५ को चीसो दिन


एउटा सिरियल किलर आज मैले जिन्दगीको अन्तिम हत्या गर्नु त्यो पनि लरतरो मानिसको होइन प्राइम मिनिस्टरको मेरो ज्यानमारा जीवनको अन्तिम असाइनमेन्ट तर यो कुन कालखण्डको कुन देशको प्राइम मिनिस्टर हो ? मलाईसुपारी दिनेमानिस यस विषयमा मौन कस्तो ढुक्कै मैले आजसम्म कतिवटा हत्या गरिसकें भन्ने मलाई थाहा छैन त्यो कुरा नगरकोटीलाई सोध्नुस् उसैले राखेको होला हिसाबकिताब उसलाई के , आदेश दिए पुगिहाल्यो आज मेरो जन्मदिन यसलाई प्राइम मिनिस्टरको मरण दिन बनाउन चाहन्छ भन्छ, यो मेरो सेलेब्रेसन हो रे केक पनि , क्यान्डल पनि  

कुमार नगरकोटीको सिरियल किलर आज जन्मनेछ



 
मलाई हेर्नुहोस् के तपाईंलाई कतै देखेको वा चिनेको जस्तो लागिरहेको  ? के मेरो अनुहारमा कतै पुराना रगतका टाटाहरू छैनन् नि ? हुन हरेक दिन साबुनले घोटीघोटी मुख धुन्छु क्रिम पनि पोतर्छु तर पनि बेलाबेला मलाई लाग्छ, मेरो अनुहारमा लागेका छिर्काहरू मेटिएका छैनन् मेरो लुगामा पो कतै रगतका पुराना कटकटिएका दागहरू देखिन्छन् कि ? मैले हत्या गरेका मानिसहरूको रगत देखिएला भनेर मलाई भित्रभित्रै डर लागिरहन्छ त्यसो नहोस् भनेरै गाढा कलेजी रङको वस्त्र लगाउने गर्छु तर के गाढा रङ लगाउँदैमा वा चोला फेर्दैमा ज्यानमारा ढुक्क हुन सक्छ होला ? मैले कति नै मानिस मारें , मभन्दा बढी ठूला ज्यानमाराहरू छन् हजारौंहजारको संख्यामा थोकको भाउमा ज्यान मार्नेहरू ती ज्यानमाराभित्र पनि मलाई भन्दा बढी डर होला नि मलाई निद्रा लाग्दैन कसरी निदाउँछन् होला ती ?

मेरो आँखामा आँखा भिडाएर चाहिँ नहेर्नुस् है, त्यहाँभित्रबाट एउटा ज्यानमाराले चियाएको देखेर तपाईंको आङ्ग जिरिङ्ग हुन सक्छ चिहाउने नै हो भने अझै भित्रसम्म डुब्न सक्नेगरी चियाउनुस् त्यसो भयो भने सम्भवतः तपाईंले त्यहाँ आफैसँग भयभीत कुनै मानिसको टिठलाग्दो अनुहार देख्न सक्नुहनेछ तपाईंहरू भाग्यमानी मानिस हो तपाईंहरू निर्दोष निस्कपट जन्मनुभएको थियो समय परिस्थिति भोगाइले तपाईंहरूलाई पछि जेसुकै पनि बनाएको हुन सक्छ तर जन्मजात हत्यारा मलाई लेखकले के बनायो के तपाईंलाई मेरो जस्तो क्रूर सर्जकको पात्र हुनुपरेन तपाईंलाई कर्ममा विश्वास लाग्छ ? मलाई लाग्छ कर्मको चक्रमा मैले चाहेर नचाहेर गरेका सबै कुराको फल मैले स्वयं भोग्नुपर्छ, भोग्छु त्यसैले महोदय, मेराबारे विचार नबनाउनुस् जे हुँ, त्यसैमा मलाई स्विकार्नुस् सक्नुहुन्न भने बालै नदिनुस् हामी कोही पनि कसैका लागि न्यायाधीश होइनौं त्यो आत्मरतिमा नरमाउनुस् जे होस्, नगरकोटीका शब्दहरूमा निस्सासिएर बाँचिरहेको यो विवादास्पद पात्र आज ब्युँतिन लागेको अक्षर, शब्द वाक्यले बनेको यो खै मायालाग्दो भनौं कि घिनलाग्दो पात्र अहिले हाड, रगत मासुले बनेको जीवित मान्छे बनेर यता उति घुमिरहेको  

शिल्पी थियटरको चोकमा 


पूरै जन्मिइसकेको छैन नि ! तपाईंलाई अचम्म लाग्यो होला, धतङ्गो कुरा गरिरहेको भन्ने ठान्नुहोला जन्मिन बाँकी मानिस कसरी यता उति सशरीर घुमिरहेको  ? मान्यवर, तपाईंको प्रश्न जायज हो मेरो उत्तर पनि त्यति नै जायज मान्नुस्, केही बेरपछि जन्मिन्छु मलाई थाहा छैन नायक हुँ कि खलनायक मलाई मानिसहरूले सहानुभूतिका आँखाले हेर्छन् कि घृणाले भन्ने पनि मलाई थाहा छैन किनभनेबाथटबभन्ने नाटकको स्क्रिप्ट पढ्दा हरेकपटक आफैं रनभुल्ल परेको छु सिरियल किलरलार्ई माया गरौं ? घृणा गरौं ? दया गरौं ? मैले कहिले पनि खुट्याउन सकिनँ तर आज आफैं उसको चोलामा छु पछिल्लो बीस दिनदेखि भूत भौंतारिए जसरी यतैतिर घुमिरहेको सिरियल किलर अर्थात् , आज विशेष छटपटीमा छु 


गर्भकाल सकिएको , प्रसवकाल सुरु भएको अनि गर्भाशयको पटकपटक अल्ट्रासोनोग्राम पनि भइसकेको त्यसको रिपोर्टले सबै सामान्य नै भनिसकेको अब प्रसव वेदना तीव्र हुँदै गइरहेको मैले थुप्रै चुरोटका धूवाँ उडाइसकेको छु हुने भए रक्सी पनि खाइदिन्थें तर आज मैले रक्सी खान मिल्दैन आफूमा आत्मविश्वासको कहिले पनि कमी छैन भन्ने मान्यता भएको मानिस हुँ कहिलेकाहीं अतिआत्मविश्वासको सिकार पनि भएको छु भन्न मलाई पटक्कै धक लाग्दैन मैले यही बानीका कारण फरकफरक कामहरू गरेको छु एउटै कुरामा धेरै समय अडिग हुन नसक्ने दुर्गुणका कारण ज्याक अफ अल, मास्टर अफ नन्बनेको छु त्यसमा गुनासो पनि छैन कमसेकम रहर मारेर बाँचेको छैन मलाई तपाईं अतिवादी पनि भन्न सक्नुहुन्छ माया गर्दा सीमा नाघेर माया गरें, घृणा गरेको बेला फनि सक्ने जति घृणा गरें मेरा आशक्ति विरत्तिका कहिले कुनै सीमा नै भएनन् परिणामको बारे कहिले पनि सोचिनँ इम्पल्सिभ भन्छन् नि, त्यही हुँ त्यसैको प्रतिफल आज सिरियल किलरको चोलामा उभिएको छु, हत्यारा बनेर जन्मिन लागेको छु डर भनेर डर होइन, तर मन अलिअलि तर्सेको सबैलाई भित्र प्रेक्षालयमा जानका लागि संकेत दिंदै घण्टी बज्यो 

टिङ टिङ टिङ 

यो आवाज मेरा लागि नयाँ होइन धेरैपटक यहीं उभिएर सुनेको छु निरपेक्ष आज पात्रको रूपमा जन्मिन लागेको छु त्यसैले त्यही सानो मधुरो टिङटिङको आवाज आजचाहिँ मेरो कान, मन मगजमा फूलपातीको बढाइँ गर्न टुँडिखेलमा लस्करै राखेर पड्काइएको तोपजसरी गर्जिरहेको यति खेर पर्दा पछाडि लुकेको छु एकपटक एउटा कुना अलिकति पन्छाएर चियाएर हेर्छु मानिसहरू धमाधम आइरहेका छन् यी सबै मैले चिनेका अनुहारहरू हुन् तिनमा मैले आदर गर्ने, मलाई आदर गर्ने, मैले स्नेह गर्ने, मलाई स्नेह गर्ने सबै उमेर उपलब्धिका मानिसहरू छन् अब यी सबैका सामु आजबाथटबको गर्भाशयबाट सिरियल किलरको जन्म हुन्छ 


मानौं कुनै आदिम पात्र हुँ, सेक्सपियरले लेख्न बिर्सेको वा कुनै आधुनिक पात्र, स्यामुअल वेकेटले लेखेर बाथ टवमा मिल्क्याएको विसंगत पात्र हो, यही संवाद बोल्दै जन्मनु सिरियल किलरलाई मलाई उनीहरूले मलाई कुन रूपमा स्वीकार गर्ने हुन् ? वा नगर्ने हुन् मलाई थाहा छैन अब मेरो हातमा केही पनि छैन सिवाय प्रतीक्षा नगरकोटी, घिमिरे युवराज, , टाइपिस्ट अनिद्राको रूपमा मैसँग जन्मिन लागेकी भूषिता वरिष्ठ निःशब्दशमशेर राणा अर्थात् नीर शाह सबैले गर्न सक्ने जति मिहिनेत गरेका छौं आज नाटकको पहिलो शो हुन लागेको

अग्निपरीक्षा

तपाईं तयार हुनुहुन्छ नि ?

पर्दा खुल्यो 


अन्दाजी दुई वर्षअघि

मेरो उनीसँग त्यति घनिष्ठता थिएन बेलाबेला कतै सार्वजनिक सभासमारोहमा भेट्दा शिष्टाचारपूर्वक नमस्तेका आदानप्रदान मात्र हुने गर्थ्यो उनी नाट्य क्षेत्रमा समर्पित मानिस हुन् भन्नेचाहिँ थाहा नभएको होइन युवराज घिमिरे, जो आफूलाई घियु भन्ने गर्थे, मलाई उनको यो प्रयोग बडो सिर्जनात्मक लाग्थ्यो लेख्दा घियु लेखे पनि बोल्दा सुन्दा त्यो घ्यूजस्तो लाग्थ्यो कहिलेकाहीं सोच्थें, के यी मानिस साँच्चै घ्यू नै होलान् ? एक दिन संयोगवश तिनै घियुसँग म्युजिक नेपालमा कुनै सन्दर्भवश भेट भयो उनले कुरैकुरामा मलाई सोधे, ‘दाइ, के अब अभिनयलाई चट्टै माया मारेकै हो  ?’ 


के आफूले असाध्यै माया गरेको कुराको माया मार्न सकिन्छ ? माया लागेको वा गरेको, अथवा त्यसलाई मिस गरेको नदेखाउनु भिन्दै कुरा हो तर माया भन्ने कुरा मार्न कहाँ सकिन्छ  ? घियुले मलाई गरेको प्रश्न मेरा लागि कुनै नौलो कुरो पटक्कै थिएन त्यो मैले आफैंले आफैंलाई पटकपटक गरिरहने प्रश्न थियो अनि त्यो बेलाबेलामा मलाई भेटेको बेला दर्शकहरूले पनि सोधिरहने प्रश्न थियो ठूलो पर्दामा मैले कुनै तोप पड्काउन सकिनँ अथवा पाइनँ भनौं केही चलचित्रमा अर्थहीन भूमिकामा (पछि गएर अर्थहीन बने वा बनाइए भन्ने कुरा यहाँ गर्नुको कुनै औचित्य छैन) अनुहार देखाएको कुरामा के फुईं लडाउनु  ? हुन टेलिभिजनमा पनि मैले अभिनय गरेकामध्ये केही औंलामा गन्न सकिनेआफ्नो कमाइ’, ‘आँखाअपुतालीजस्ता फिल्महरू मात्र छन् तर ती सबैमा मलाई गर्व किनभने, भनिन्छ टेलिभिजनको परिचय क्षणिक हुन्छ  ।काँचको पर्दामा देखिने अनुहारहरूआउट अफ साइटआउट अफ माइन्डहुन्छन् रे केही समय देखिएनन् भने कुहिरो फाटेझैं बिलाएर जान्छन् तर झन्डै तीन दशकपछि पनि केही दर्शकहरू अभिनेताको रूपमा मलाई यी तीन टेलिचलचित्रका कारण आक्कलझुक्कल सम्झिरहन्छन् यसलाई उनीहरूको ठूलै स्नेह मान्ने गर्छु अभिनयकै नशाले तानेर यो क्षेत्रमा आएको मान्छे किन अभिनयबाट टाढा हुनुपर्‍यो भन्ने कुराको नालीबेली मेरो संस्मरण पुस्तकसाइडहिरोमा लगाइसकेको छु यहाँ त्यसलाई दोहार्‍याउनुको कुनै अर्थ छैन 


अभिनयका कीटाणु बडो शक्तिशाली हुन्छन् एकपटक मानिसको शरीरमा पसे भने ज्यान जाला निस्कँदैनन् मानिसले बरु कुनै दिन एचआईभीको तोड पत्ता लगाउला, अभिनयका कीटाणु मार्ने ओखती आविष्कार हुँदैन किनभने यी कुनै माइक्रोस्कोपमा देखिंदैनन् मन मगजको कुन कुनामा गएर लुकेर बसेका हुन्छन् भन्ने पनि थाहा हुँदैन तर अब आएर पहिलेजस्तो अर्थहीन भूमिकाहरूमा अनुहारै मात्र देखाउनका लागि अभिनय गर्न चाहन्नथें यस अर्थमा मभित्रका अभिनयका प्लान्कटनहरूले सम्भवतः चाहिने न्यानो पाएका थिएनन् होला त्यसैले बीचबीचमा आएका केही प्रस्तावहरू मैले विनम्रतापूर्वक नकारेको थिएँ 

घियुले प्वाक्क सोधे, ‘शिल्पीको कुनै एउटा नाटकको अभिनय गर्ने दाइ ?’

मैले गम्भीर पाराले रंगमञ्चमा कहिले पनि काम गरेको थिइनँ केही छोटा प्रहसन एउटा अलि लामो हास्य नाटक गरेको हुँ त्यो पनि सिमसिम राजाको पालामा थियटरमा केही सार्थक काम गरौं भन्ने सुषुप्त चाहना नभएको कहाँ हो  ? घियु नाटकको प्रवर्द्धनमा कति दत्तचित्त भएर लागेका छन् भन्ने मलाई थाहा थियो मैले भनें, ‘ह्वाई नट् ? तर के ?’

उनले मलाई तलदेखि माथिसम्म अलि फरक आँखाले हेर्दै भने, ‘ पारिजातको उपन्यासशिरीषको फूलको नाट्य रूपान्तरण गर्न खोजिरहेको छु के तपाईं सुयोगवीर बन्ने हो ?’

मैले सोच्दैनसोची भनें, ‘डन’ 


हाल सालै...

दुई वर्षअघिको त्यो योजनाले कारण विशेषले मूर्तरूप लिन पाइरहेको थिएन तर मानसिक रूपमा सुयोगवीर बनिसकेको थिएँ शिरीषको फूल फेरि दुईतीन पटक पढिसकेको थिएँ त्यस्तैमा केही दिनअघि एक दिन उनको फोन आयोदाइ, सकिन्छ भने आजै, अहिल्यै, नभए भोलि बिहानै भेटौं एकदम जरुरी कुरो ’ 


मलाई थाहा थियो, उनी कुमार नगरकोटीको नाटक बाथटबका लागि नीर शाह, हरिहर शर्मा भूषिता वशिष्ठको साथमा अभ्यासमा जुटिरहेका थिए बाथ टबकै लागि मञ्चमा नदेखिने, तर सुनिने एउटा आवाज पात्रको रूपमा मैले आफ्नो स्वर रेकर्ड गरिसकेको थिएँ जरुरी कुरा के हुन सक्छ होला भनेर सोच्न थालें घियुको स्वर अलि हतास थियो भोलपल्ट बिहान भेट्दा उनले सानोतिनो सुतली बम पड्काए

दाइ, तपाईं बाथटबमा सिरियल किलर बन्नुपर्‍यो’ 


सिरियल किलर ? त्यो बाथटबमा हरिहर शर्माले अभ्यास गरिरहेको भूमिका घोषणा पनि भइसकेको प्रदर्शनको मिति पनि तोकिइसकेको नाट्य कला प्रतिष्ठानको उपकुलपतिका रूपमा अनायास नियुक्त भएपछि हरिहर शर्मालाई नाटकका लागि समय दिन गाह्रो हुने भएछ त्यसैले घियु अब त्यो भूमिकामा विकल्प खोज्न वाध्य भएछन् मलाई दोधार भयो सुयोगवीरको रूपमा अभिनयमा पुनरागमन गर्न मानसिक रूपमा तयार भएर बसेको थिएँ फेरि झन्डै डेढ महिना उनीहरूले अभ्यास गरिसकेको थिए बीचमा घुसेर मैले भेट्टाउनपर्ने हुन्थ्यो के त्यो गर्न सक्छु ? मलाई थाहा थिएन अनि हरिहर शर्मा नेपालको नाट्य जगत्का वरिष्ठतम कलाकार उनको भूमिकामा अभिनय गर्न पाउनु भनेको आफैंमा एउटा उत्सवसरह हुन्छ तर के उनले गर्ने भनेर घोषणा भइसकेको भूमिकामा मलाई दर्शकहरूले स्वीकार गर्लान् ? मैले आफ्नो दोमन स्पष्टसँग भनें घियुले मलाई ढाडस दिँदै भने, ‘तपाईंले सक्नुहुन्छ मज्जाले भ्याइन्छ बाँकी कुरा मेरो जिम्मा’ 


एक दिन सोच्ने समय मागेर बिदा भएँ यो मेरा लागि आफ्नोलिमिटजाँच्ने मौका पनि थियो एक दुई शुभचिन्तकहरूसंग सल्लाह मागें सबैले एकमत भएर गर्न उत्साह थपे, ऊर्जा प्रदान गरे तसर्थ मैले सिरियल किलर बन्ने निर्णय गरें भोलिपल्टदेखि अभ्यासमा जान थालें मैले आफूलाई आकारहीन माटोको डल्ला बनाएको थिएँ घियुलाई भनें, ‘जस्तो आकार बनाउने हो, तपाईंको हातमा’ 


सुरुका केही दिन मेरा लागि तनावमा बिते नीर शाह भूषिता झन्डैझन्डै तयार भइसकेको थिए पाण्डुलिपिमा आँखा गाडेर अभ्यास गरिरहन्थें बेलुका घर पुगेर सुत्ने बेला सोच्थें, ‘भ्याइन्न यति छोटो समयमा केही गरे पनि भ्याइन्न भोलि बिहानै घियुलाई भनिदिन्छु अर्को विकल्प खोज्नअनि निश्चिन्त भएर निदाउँथें तर बिहान उठ्दा आफ्नै मनले आफैंलाई भन्थ्यो, ‘किन नभ्याउनु ? यति पनि गर्न नसक्ने ?’ अनि उत्साहले ओतप्रोत भएर शिल्पी पुग्थें बाँकी दुई अभिनेता आउनुभन्दा केही घण्टा अघि नीर शाह भूषिता बनेर मलाई साथ दिन्थे घियु असीम नीर शाह भूषिताले पनि मलाई हुन सक्ने जति सहयोग गरे, अभिप्रेरित गरे बेलाबेला चनाको झ्याङमा पनि चढाउँथे चढी पनि दिन्थें पाँचसात दिन बितेपछि बल्ल चरित्रभित्र छिर्न थालें, अथवा चरित्र मभिक्र छिर्न थाल्यो मलाई थाहा छैन स्त्रिप्ट नहेरी संवादहरू बोल्न सक्ने हुँदै गएँ शनैःशनैः अनि मलाई पनि रमाइलो पो लाग्न थाल्यो

यसरी सुयोगवीर सिरियल किलर बन्यो ताकिरहेथें मुढो, घियुले ताकिदिए घुँडो 


माघ १०२८, २०७५ अग्निपरीक्षा

पर्दा खुलेपछि मेरो दिमाग शून्य भयो दर्शक, स्टेज, निर्देशक सहअभिनेता सबै गौण भए अलप भए सिरियल किलर बाहेक कोही बाँकी रहेन त्यसपछि माघ २८ गतेसम्म सिरियल किलर आफ्नो निर्धारित जिन्दगी बाँच्न थाल्यो हरेक दिन निःशब्दशमशेरसँग आफ्नो नियति बदल्न अनुरोध गरिरहन्थ्यो लेखक मरेकाटे मान्दैनथ्यो थर्काइरहन्थ्यो त्यसको झोकमा अनिद्रालाई आफ्नो मुक्ति आफैं खोज भनेर भड्काइरहन्थ्यो अनिद्रा पनि निःशब्दशमशेरको निधारमा जोडेर मैले उसको हातमा थमाएको पेस्तोल पड्काइरहन्थी यता सिरियल किलर हरेक दिन प्राइम मिनिस्टरको मर्डर गरिरहन्थ्यो भन्नलाई उसको जीवनको अन्तिम हत्या भनिएको थियो तर एक्काइसौं पटक एउटै मानिसको हत्या गरिरह्यो, एउटै नियति बाँचिरह्यो 


हरेक दिन एउटै नाटक, एउटै भूमिका, एउटै सम्वादमा अभिनय गर्नु केही दिनपछि झिंजो लाग्ने हुँदैन ? मलाई शंका लाग्थ्यो किनभने यसै पनि कुनै काम लगातार गरिरहन नसक्ने दुर्गुण आफूमा भन्ने मलाई राम्ररी थाहा थियो तर त्यसो नहुँदो रहेछ एउटै नाटक पनि हरेक दिन भिन्नै हुँदोरहेछ कहिले सहअभिनेताले प्वाक्क केही थपिदिन्छ, कहिले आफैंले चुस्स केही नयाँ गरिदियो बिनाकुनै पूर्वनिर्धारित योजना तत्क्षण बेलाबेला आउने त्यस्ताइम्प्रोभाइजेसनहरू कुनै गतिला हुन्थे, निर्देशक दंग कुनै तात्तो छारोका, निर्देशक ठुस्स कहिलेकाहीं कसैले कुनै संवादै पालेर खाइदिने, अनि अर्कोले चतुर्‍याइँपूर्वक सम्झाइदिने दर्शकलाई थाहा नै नहुने गरी रंगमञ्चको यस्तै विशेषताले जति प्रदर्शन भए पनि नौलो बनाइदिने रहेछ 


पात्र भने हरेक दिन, हरेक पल मनमगजमा कब्जा गरेर बसिरहँदा मलाई यस्तो लाग्थ्यो, मल्टिपल साइकोलोजिकल डिसअर्डरको सिकार भएको छु मभित्र मात्रै हैन, सिरियल किलर पनि बाँचिरहेको कुन बेला उसले मलाई गौण बनाउँछ, ममाथि हावी भैदिन्छ भन्ने थाहा पनि नहुने यही दुई पात्र चरित्रमा यता यति गर्दागर्दै नाटकको प्रदर्शन सकिने दिन आयो

अन्तिम प्रदर्शन पनि सकियो 


'एपिलोग

भोलिपल्ट बिहान ब्युझँदा पनि सिरियल किलर मैसँग थियो दिनभरि ठीकै थियो, अपराह्नदेखि छटपटाउन थाल्यो किनभने उसले मलाई टेक ओभर गर्ने समय भएको थियो तर अब शिल्पीको थियटर पनि थिएन, दर्शकहरू पनि थिएनन् निःशब्दशमशेर थियो, अनिद्रा , आक्रान्त हुन्थ्यो उसको छटपटीले मलाई पनि बिथोल्न थाल्यो ओहो, आफूभित्र पालेको अर्को चरित्र कुनै असाध्य रोगको ब्याक्टेरियासरह पो हुँदोरहेछ आफूले चाहेर त्यसलाई कहाँ हटाउन सकिँदो रहेछ ? कुन डाक्टरकहाँ जाऊँ, के ओखती खाऊँ ? झन्डै महिना दिन यही अन्योलमा बित्यो अनि मात्र सिरियल किलरको छटपटी बिस्तारैबिस्तारै कम हुन थाल्यो कमजोर हुन थाल्यो अनि बल्ल एक दिन सिरियल किलर हरायो नढाँटी भनौं भने बेलाबेला उसलाई सम्झिन्छु, मिस पनि गर्छु तर सायद शून्यमा शून्यसरी बिलाइगयो विराट शून्यमा

जोगी बन्न चाहन्थ्यो, कतै हिमालयतिर तपस्या पो गर्दै कि ?

0 प्रतिक्रिया दिनुहोस्:

Post a Comment